काठमाण्डाैंः महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् ।
राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् ।
उनी राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुन् । जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन ९आइसीपीडी०को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि सो आयोग गठन गरिएको थियो। सो उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछिन् ।
आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन् । आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ। कोरोना भाइरस महामारीको समयमा महिलाहरू परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थामा सम्मेलनले दिशानिर्देश गरेका कामहरू निरन्तररूपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरू र विशेषज्ञहरूको उच्चस्तरीय आयोग गठन भएको हो।
यो अभियान सञ्चालनका लागि नैरोबी सम्मेलनले सरकार, निजी क्षेत्र, सङ्घ संस्था र अन्य क्षेत्रबाट प्रतिबद्धताको रुपमा अर्बौं डलर रकम सुरक्षित गरिसकेको छ। सम्मेलनले १० वर्षभित्र तीन शून्य अर्थात, परिवार नियोजनका साधनसम्म पहुँच नभएका महिलाको सङ्ख्या शून्य, रोक्न सकिने मातृ मृत्युदर शून्य र लैङ्गिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य राखेको छ। अहिले गठन गरिएको उच्चस्तरीय आयोगले यिनै लक्ष्य प्राप्तिका लागि काम गर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
युगखबर डिजिटल मिडिया प्रा. लि. द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।
सञ्चालक/ प्रधान सम्पादक :-एम. राज एसी
कार्यकारी सम्पादक:- विन्दु वास्तोला
सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६/०७७
इमेल:- [email protected]
सम्पर्क:- 9801013401/9847041003


प्रतिक्रिया