मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जमिन भासिन थालेपछि स्थानीय ७ घर विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः लगातारको बर्षाका कारण सुनसरीको धरान–२० विष्णुपादुका स्थित आपटारमा पहिरो जादाँ ७ घर परिवार विस्थापित भएका छन् । जमिन चीरा परेर घरहरु भासिन थालेपछि असुरक्षाका कारण पुग्दा स्थानीय विस्थापित भएका हुन् ।

धरान २० विष्णुपादुका स्थित आपटार क्षेत्रको वस्तीमा जमिन चिरा पर्न थालेपछि स्थानीय विस्थापित भएका छन् । उक्त क्षेत्रको जमिन एक्कासी फाट्न थालेको हो । जमिन भासिन थाले पछि ज्यान जोगाउन स्थानीयको भागा भाग पर्न थालेको हो । साथै त्यहाँ घरहरु पनि भासिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीयका घर तथा खेतमा पूर्ण क्षति भएपनि दिउँसोको समय भएकोले मानवीय क्षती हुनबाट जोगिएको उनीहरुको भनाई छ । उनीहरु छिमेकीका घरहरुमा आश्रय लिएर बस्न बाध्य छन् ।यो विपत्तीले घरमात्र होइन उनीहरुले दुख गरेर लगाएको अन्नबालीमा समेत ठुलो क्षती पुगेको छ।

गाउँ नैै पहिरोले क्षतविक्षत भएपछि गाउँमा पुग्ने सडक अवरुद्ध भएको छ ।स्थानीयहरुले जोखिम न्यूनिकरणकालागि स्थानीय सरकार तथा सम्बन्धित पक्षलाई २ हप्ता अगाडि नै जानकारी समेत गराएका थिए । तर अनुगमनपछि पनि समस्यालाई गम्भीर रुपमा नलिएकै कारण ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयहरुको आरोप छ । स्थानीयको जानकारी पश्चात सम्बन्धित पक्षले अनुगमन समेत गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार