असार १०, २०८३ बुधबार June 24, 2026

प्रथम पृथ्वीनारायण गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई

विजेता पुलिस क्लबले रु आठ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, २ फागुनः प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको छ ।

जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा माघ २४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा चित्लाङ एफसीलाई १-० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।

विजेता पुलिस क्लबले रु आठ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चित्लाङ एफसीले नगद रु चार लाख पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका सातवटा क्लब र आयोजक टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युवा क्लब, श्री भगवती क्लब, सङ्कटा एफसी, प्लानिङ ब्वाइज युनाइटेड, चित्लाङ एफसीलगायतले प्रतियोगितामा सहभागिता जनाएको आयोजकको भनाइ छ ।

यहाँ हालसम्मको ठूलो राशि मानिएको प्रतियोगिता व्यवस्थापनमा करिब रु ८२ लाख खर्च भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगितामार्फत जिल्लाको खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

गोल्डकपलाई मध्यनजर गरेर गोरखा नगरपालिका वडा नं १० ले छेवेटारमा खाना महोत्सवसमेत आयोजना गरेको थियो । गोल्डकप अवधिभर स्थानीय खानाका परिकारसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको वडाअध्यक्ष कुँवरले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार