असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना कहरः विश्वभर एकैदिन २ लाख ३१ हजार नयाँ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै बढि कोरोना भाइरस संंक्रमितहरु फेला परेका छन् । आज विश्वभर २ लाख ३० हजार ८५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र्वडवमिटरको तथ्यांकले देखाएको छ ।

संक्रमणको इपीेन्टर बनेको अमेरिकामा मात्रै पछिल्लो २४ घण्टामा ३ट हजार बढि संक्रमितहरु थपिएसंगै संक्रमित हुनेहरुको संख्या ७० लाख ४६ हजार नाघेको छ ।

यस्तै संक्रमितको तुलनामा दोश्रो सथानमा रहेको छिमेकी मुलुक भारतमा पनि पछिल्ले २४ घण्टामा ७४ हजार बढि संक्रमित थपिएसंगै संक्रमित हुनेहरुको संख्या ५५ लाख ६० हजार नाघेको छ । यस्तै ब्राजिलमा ४५ लाख ६० हजार, रुसमा ११ लाख ९ हजार, पेरुमा ७ लाख ७२ हजार, कोलम्बीयामा ७ लाख७० हजार, मेक्सीकोमा ६ लाख ९७ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै विश्वभर कोरोना भाइरस ृसंक्रमितको संख्या ३ करो १४ लाख ७६ हजार पुगेको छ । पछिल्ले २४ घण्टामा विश्वभर ४ हजार १ सय ३३ जनाको मृत्यसु भएसंगै मृतकको संख्या ९ लाख ६९ हजार १८ पुगेको छ ।

कुल संक्रमितहरुमध्ये २ करोड ३१ लाख ४ हजार संक्रमितहरु उपचारपछि नीको भएर घर फर्किएका छ । ७४ लाख २ हजारु बढिको उपचार भइरहेकोमा ६१ हजार ७ सय १४ जनाको अवस्था गम्भीर रहेको र्वडवमिटरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया