मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टी–२० विश्वकपमा आज तीन खेल हुँदै, अस्ट्रेलिया, इङल्यान्ड र श्रीलंकाबीच कडा प्रतिष्पर्धा

निकै रोमाञ्चक हुने अनुमान गरिएको यस खेलमा श्रीलंका विजयी भए सुपर ८ मा प्रवेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार पहिलो खेल अफगानिस्तान र युएई बिच हुनेछ ।

समूह डी मा रहेर लगातार दुई खेल हारेको अफगानिस्तानले युएईलाई हराएर सुपर ८ मा पुग्ने झिनो आशाका साथ मैदानमा उत्रनेछ । यो खेल भारतको नयाँदिल्लीमा बिहान ११.१५ बजे सुरु हुनेछ ।

यस समूहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेल जितेर ६ अंकका साथ सुपर ८ मा प्रवेश गरिसकेको छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको पनि ४ अंक छ । यस समूहको क्यानडाले पनि लगातार तीन खेल हारिसकेको छ ।

दोस्रो खेल समूह सी मा रहेका इङल्यान्ड र इटाली बिच हुनेछ । कोलकाताको इडेन गार्डेन्समा हुने यो प्रतियोगिता अपराह्न ३.१५ बजे हुनेछ ।

नेपाल समेत समावेश यस समूहमा इटालीले नेपाल विरुद्धको खेल जितेर २ अंक जोडेको छ तर इङल्यान्डको चार अंक छ । यस समूहमा रहेको वेस्ट इन्डिज लगातार तीन खेल जितेर ६ अंकका साथ सुपर ८ मा प्रवेश गरिसकेको छ ।

इङल्यान्डले आजको खेल जिते सुपर ८ मा प्रवेश गर्नेछ ।

तेस्रो खेल भने श्रीलंकाको पालिकेल्लीमा साँझ ७.१५ बजे आयोजक श्रीलंका र जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलिया बिच हुनेछ ।

निकै रोमाञ्चक हुने अनुमान गरिएको यस खेलमा श्रीलंका विजयी भए सुपर ८ मा प्रवेश गर्नेछ भने अस्ट्रेलिया पराजित भएको खण्डमा सुपर ८ मा प्रवेश पाउन जिम्बाबेको खेल पर्खनु पर्नेछ । अस्ट्रेलियाले अब श्रीलंका र ओमानसँग मात्र खेल्न बाँकी छ ।

यस समूहमा रहेको जिम्बाबेले अस्ट्रेलिया र ओमानलाई पराजित गरेर ४ अंक बटुलेको छ । अब जिम्बाबेले आयरल्यान्ड र श्रीलंकासँग खेल्न बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार