काठमाण्डौंः नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् ।
प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७ हजार छन । प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतका अनुसार संक्रमितमध्ये एक हजार आठ सय १७ जना उपचाररतमा रहेका छन । ‘संक्रमण बढ्दो छ । अब उच्च मनोबलका साथ जुधेर अघि बढ्नुको विकल्प भएन,’ उनले भने, ‘आधा प्रहरी निको भएर ड्युटीमा फर्किएकाले ठूलो समस्या छैन ।’
उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १३ प्रतिशतभन्दा धेरै संक्रमित भइसकेका छन् । उपत्यकामा मात्र एक हजार तीन सय ३० प्रहरी संक्रमित भएका छन ।
जसमध्ये ६ सय ५२ जना निको भइसकेको महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवले बताए । उपत्यकाका सबैजसो कार्यालयका प्रहरीमा संक्रमण देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया