मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता दशरथ रङ्गशालामा सुरु

विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन ४ गते । दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको छ ।

फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गर्नुभयो ।

नेपाल हक्की सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब सहभागि छन् । यस्तै महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेश रहेको छ ।

पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने र महिलातर्फ राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई दुई हजार रुपियाँ प्रदान गरिने सङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार