मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मनाङ आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

मङ्गलबार प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तानबिच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माछापुच्छ्रे (कास्की), फागुन ४ गते । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनल पुगेको छ ।

पोखरा रङ्गशालामा सोमबार भएको पाहुना टोली थनडरबोल्ड नर्थ युनाइटेड सिक्किम भारतलाई १–० गोलले हराउँदै मनाङले सेमिफाइनल यात्रा तय गरेको हो । मनाङको जितमा आशीष श्रेष्ठले निर्णायक गोल गर्नुभयो ।

निर्धारित समयमा कुनै टोलीले गोल नगरपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १६ मिनेटमा आशीष श्रेष्ठले गोल गरी टोलीलाई जित दिलाउनुभयो । उहाँ प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

खेलमा दुबै टोलीले पाएका राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । मङ्गलबार प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार