मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एन्फा महिला च्याम्पियनसिप : न्युरोडलाई ६–१ ले पराजित गर्दै आर्मी बिजयी

रेडबुल एन्फा महिला फुटबलमा आर्मीको प्रभावशाली प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उदयपुर । रेडबुल एन्फा महिला फुटबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रभावशाली प्रदर्शन गर्दै न्युरोड टिमलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा थारुहट रंगशाला, गाईघाटमा जारी प्रतियोगिताको उक्त खेलमा न्युरोडले पहिले अग्रता लिएको थियो । न्युरोडकी जर्सी नम्बर १३ की कबिता गुरुङले पहिलो हाफको ३३औं मिनेटमा डिबक्सभित्रबाट हेडिङमार्फत गोल गर्दै टोलीलाई अघि बढाइन् ।

तर पहिलो हाफको अतिरिक्त समयमा आर्मीकी जर्सी नम्बर १८ की दिपा राईले बराबरी गोल गर्दै खेल १–१ को स्थितिमा पुर्‍याइन् ।

दोस्रो हाफमा आर्मीले खेलमाथि पूर्ण नियन्त्रण जमायो। आर्मीकी जर्सी नम्बर ८ की जेनिफर रानाले ५७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि पुनः गोल गर्दै उनले व्यक्तिगत दोस्रो गोल पूरा गरिन् । ७२औं मिनेटमा अर्को गोल थपेर जेनिफरले ह्याट्रिक पूरा गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भइन् ।

खेलको ८१औं मिनेटमा आर्मीकी जर्सी नम्बर ७ की सपना लामाले गोल गरिन् । त्यसपछि ९०औं मिनेटमा उनले नै अर्को गोल गर्दै आर्मीको गोल संख्या ६ पु¥याइन्, जुन खेलकै अन्तिम गोल बन्यो ।

प्रतियोगिताअन्तर्गत मंगलबार संकटा फुटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइजले यसअघि छहारी युथ क्लबलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार