असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाका कारण मिडिया क्षेत्र संकटमा, ४० प्रतिशत श्रमजीवी पत्रकार बढि प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पत्रकार महासंघले कोरोना भाइरस कोभिड-१९ संक्रमणका कारण पत्रकारिता क्षेत्रमा परेको प्रभावको सर्वेक्ष्ण नतिजा सार्वजनिक गरेको छ ।

महासंघले कोरोना महामारी र नियन्त्रणका लागि भएको लकडाउन तथा निषेधाज्ञाका कारण नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि यस्तो सर्वेक्षण सार्वजनिक गरेको हो ।

सर्वेक्षणका अनुसार महामारी तथा लक डाउनका कारणको असर श्रमजीवी पत्रकारहरुमा बढि देखिएको छ । मिडिया क्षेत्रको आम्दानी घटेकाले त्यसको प्रत्यष असर श्रमजीवी पत्रकारमा देखिएको हो ।

आम्दानीमा कमी आएका कारण नियमित पारिश्रमिक भूक्तानी गर्न नसक्ने सञ्चार गृहको संख्या करिब १४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । ती मध्ये धेरैले लक डाउन लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् ।

साथै, कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने गरेको पनि पाइएको छ । ७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् ।

कोरोना महामारी र लक डाउनका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने सर्वेक्ष्णले देखाउको छ । ७.२ प्रतिशत पत्रकार तथा मिडिया सञ्चालक पत्रकार यस क्षेत्रको भविष्यप्रति निरास छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य अन्योलमा रहेको ठान्छन् ।

४० प्रतिशत भन्दा बढी पत्रकारहरुको पेशा तथा आम्दानीमा महामारी र लकडाउनको प्रत्यक्ष असर परेको देखिन्छ । यस्तो असर परेका पत्रकारहरुमा पुरुषको दाँजोमा महिला पत्रकारको अनुपात बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

समस्यामा परेका पत्रकार मध्ये ६१ प्रतिशतले बचतको उपयोग गरेको, ४५ प्रतिशतले घरखर्चमा कटौती गरेको, ३७ प्रतिशतले ऋण लिएर र १२ प्रतिशतले आफन्त तथा साथीभाइसँग सापटी लिएर घरखर्च चलाएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थात महामारकिा कारण दुई तिहाई पत्रकारहरुलाई आफ्नो दैनिक घरखर्च चलाउन समस्या परेको देखिएको छ ।

अधिकांश पत्रकारहरुले महामारीको यो अवधीमा समाचार संकलन तथा सम्प्रेषणका क्रममा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् ।

मास्क र स्यानिटाइजर जस्ता सामग्री उपलब्ध भए पनि अस्पताल तथा संक्रमित व्यक्तिहरु भएका स्थानमा रिपोर्टिङ गर्न जाँदा पिपिइको अभावका कारण आफूहरुले असुरक्षित महसुस गरेको पाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार