बैसाख ८, २०८३ मंगलबार April 21, 2026

आजदेखि अण्डाको मूल्य बढ्यो, ठूलो प्रतिक्रेट ४२५ रुपैयाँ

दाना र ढुवानी खर्च बढ्दा अण्डा व्यवसायीले बढाए मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ६ फागुन। नेपाल लेयर्स सङ्घ ले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ। सङ्घका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ तोकिएको छ।

सङ्घले अण्डा उत्पादनको लागत उल्लेखनीय रूपमा बढेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ। दाना, औषधि, श्रम र ढुवानी खर्च बढेसँगै प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ।

उत्पादन लागत बढेपछि किसानहरू मारमा परेको भन्दै मूल्य नबढाए उत्पादन निरन्तरता दिन कठिन हुने अवस्था आएको सङ्घको भनाइ छ। पछिल्लो समय कुखुराको दाना तथा अन्य कच्चा पदार्थको मूल्य वृद्धि, इन्धन खर्च र बजार व्यवस्थापनका कारण अण्डा व्यवसायीहरू आर्थिक दबाबमा परेका छन्।

सङ्घले बजारमा आपूर्ति सहज बनाइराख्न र किसानको लागत सुनिश्चित गर्न मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ मूल्य आजदेखि देशभर लागू भएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया