बैसाख ८, २०८३ मंगलबार April 21, 2026

बाइस करोड पैतालिस लाख राजस्व सङ्कलन

बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार १४९ संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ६ फागुन : हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताउनुभयो ।

चालु आवको सात महिनामा सम्पत्ति करबाट रु पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट रु एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त रु तीन करोड दुई लाख २३ हजार असुली भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया