असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति सी को आलोचना गर्ने व्यवसायीलाई १८ वर्ष कैद सजाँय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनका राष्ट्रपति शी चिनफिङको आलोचना गर्ने एक रीयल स्टेट व्यवसायी रेन जिक्याङलाई १८ वर्षको कैद सजाँय दिइएको छ । उनलाई भ्रष्टाचारको आरोपमा यस्तो सजाय दिइएको हो ।

चीनका सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार चीनको एक अदालतले उनको भ्रष्टाचार मुद्दाको सुनुवाई गर्दै यस्तो निर्णय लिएको हो । भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको दुरुपयोगको मामिलामा उनलाई दोषी पाइएको हो । लेखमा उनले शीको नाम प्रत्यक्ष रूपमा भने लिएका थिएनन्।

साथै उनलाई ४२ लाख युआनको जरिवाना पनि सुनाइएको छ । गत मार्चमा उनले राष्ट्रपति शीको विरुद्धमा आलोचनात्मक लेख लेखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया