मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रिमियर लिग : उपाधि दौडमा सिटीको दबाब, आर्सनल अझै शीर्षमा

निको ओराइलीको दुई गोलमा सिटी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी एफ.सी.ले न्यूक्यासल युनाइटेड एफ.सी.लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ।

म्यान्चेस्टरको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि निको ओराइलीले १४औँ र २७औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए। न्यूक्यासलका तर्फबाट लेविस हलले २२औँ मिनेटमा एक गोल फर्काए पनि त्यसपछि खेलमा थप गोल हुन सकेन। दोस्रो हाफमा दुबै टोलीले केही राम्रा मुभ बनाए पनि गोलरहित रह्यो।

यो जितसँगै सिटीको २७ खेलबाट ५६ अंक पुगेको छ। समान खेल खेलेको आर्सनल एफ.सी. ५८ अंकसहित शीर्ष स्थानमा छ। पछिल्ला पाँच खेलमा सिटीले चार जित र एक बराबरी गर्दै उत्कृष्ट लय कायम राखेको छ भने आर्सनल दुई जित, दुई बराबरी र एक हारसहित उपाधिका लागि संघर्षरत छ।

उता, उत्कृष्ट चारभित्र रहने प्रतिस्पर्धामा रहेको  चेल्सी एफ.सी. ले बर्नलीएफ.सी.सँग १–१ को बराबरी खेलेको छ। खेलको चौथो मिनेटमै जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा ९३औँ मिनेटमा जियान फ्लेमिङले गोल फर्काउँदै बर्नलीलाई अंक बाँड्न सफल गराए। चेल्सीका वेस्ली फोफानाले डिबक्स बाहिर फल खेलेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो। बराबरीपछि चेल्सी ४५ अंकसहित चौथो स्थानमा छ।

त्यस्तै, एस्टन भिल्ला एफसी र लिड्स युनाइटेड एफसी बीचको खेल १–१ को बराबरीमा सकिएको छ। लिड्सका एन्टोन स्टाचले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ८८औँ मिनेटमा टाम्मी अब्राहमले बराबरी गोल फर्काए। यो बराबरीसँगै एस्टन भिल्ला ५१ अंकसहित तेस्रो स्थानमा छ भने लिड्स ३१ अंकसहित १५औँ स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार