काठमाण्डाैंः बुधबारबाट साझा यातायातले पनि लामो दूरीको यातायात सेवा शुरु गरेको जनाएको छ ।
लामो दूरी अन्तरगत बस काठमाडौं-पोखरा-कुस्मा-बागलुङ र काठमाडौ-बुटवल-भैरहवा-सुनौली रुटमा चल्नेछ । बस सञ्चालन हुनेछ । बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ ।
ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।
साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो । अन्य सार्वजनिक यातायातका साधनहरु अुसोज १ गतेदेखि नै लामो छोटो तथा मध्ययम दूरीमा चल्न शुरु भइसकेका छन् ।
यी हुन यात्रुले पालना गर्नुपर्ने नियमहरुः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया