अर्घाखाँची, ११ फागुनः यहाँको भालुवाङमा आज पत्रकारहरूका लागि लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल पत्रकार महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले विशेषगरी अनलाइन मिडियाबाट प्रकाशन–प्रसारण भइरहेका सामग्रीले महासङ्घको ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।
आफैँले आफैँलाई स्वनियमन र व्यवस्थित गर्न सकेमात्र पत्रकारिता जिम्मेवार हुनसक्ने उहाँको भनाइ थियो । हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नियमित दायित्वको अंशअन्तर्गत ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’का विषयमा अभिमुखीकरण गरिएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण महासङ्घका उपाध्यक्ष बागचन्द र निवर्तमान अध्यक्ष पोख्रेलले गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया