असार २२, २०८२ आइतबार July 6, 2025

लिग विजेता चेन्नाई सुपर किङ्सलाई राजस्थान रोयल्सले १६ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूएइमा जारी इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा राजस्थान रोयल्सले तीन पटकको लिग विजेता चेन्नाई सुपर किङ्सलाई १६ रनले हराएको छ।

सारजहा मैदानमा भएको खेलमा राजस्थानले विस्फोटक ब्याटिङ गर्दै चेन्नाईलाई हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले टी २० मा पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१६ रन बनाएको हो।

यता २१७ रनको लक्ष्य लिएर मैदान छिरेको चेन्नाईले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २०० रनमा समेटियो। राजस्थानको जितका लागि सन्जु समसनले सर्वाधिक ७४ रन बनाए। उनले १ चौका र ९ छक्का प्रहार गर्दै सो रन बनाए।

त्यस्तै कप्तान स्टिभ स्मिथले ४ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चर २७ रन बनाउँदै नट आउट रहे। यता चेन्नाईका साम कुरनले तीन विकेट लिएर ८.२५ को इकोनोमी दिए। खेलमा लुंगी निगिदीले १४ को सर्वाधिक इकोनोमी प्रदान गरेका थिए।

जवाफी ब्याटिङमा आएको चेन्नाईका फाफ डुप्लेसिसले ७ छक्कासहित ७२ रनको योगदान दिए ।  त्यस्तै शेन वाट्सनले ३३, केदार ज्यादवले २२, मुरली विजयले २१ रन बनाए भने साम कुरनले १७ रनको योगदान दिए । क्लबका कप्तन महेन्द्र सिंह धोनीले तीन छक्कासहित २९ रन बनाए।

यता राहुले तेवाहिताले तीन विकेट लिए भने जोफ्रा आर्चर, श्रेयस गोपाल र टोम कुरनले एकएक विकेट लिए। राजस्थान रोयल्सले पछिल्ला पाँच खेलमा चेन्नाइलाई एक खेलमा मात्र पराजित गर्न सकेको छ। बाँकी ४ खेलमा पराजित भएको छ।  राजस्थान रोयल्स गतसालको आईपीएलका दुवै खेलमा चेन्नाइसँग पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार