असार २२, २०८२ आइतबार July 6, 2025

लकडाउनका कारण बन्द फुुटसल आजदेखि सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ ।

सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार