काठमाण्डौंः ईन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले नेपालमा एकै दिनमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा पुनः बन्दाबन्दी गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बैठकका निर्णय सार्वजनिक गर्दै कोरोना संक्रमण कम नभएको अवस्थामा मापदण्ड पालना नगर्ने खालका पसल तथा बढि भिडभाड हुने ब्यवसाय १ महिना बन्द गर्न सिफारिस गर्ने निर्णय समेत गरेको जानकारी दिए ।
यस्तै कोरोना परिक्षणको शुल्क बढि लिएको र सेवा प्रवाहमा आएका गुनासो सम्बोधनका लागि परिक्षणको सिफारिस दिने निकायले स्वीकृति दिने निकायलाइ अनुगमान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा भएको खर्च पनि तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायहरुलाई मन्त्रालयले निर्देशन दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया