मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टि ट्वान्टी विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको जित

शनिबार श्रीलंकामाथि पाकिस्तानले ठूलो अन्तरले जित निकालेमा न्युजिल्यान्ड सेमिफाइनलबाट बाहिरिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। इङ्ल्यान्डले कोलम्बोमा न्युजिल्यान्डमाथि रोमाञ्चक ४ विकेटको जित निकाल्दै टि ट्वान्टी विश्वकप सेमिफाइनलअघि उत्कृष्ट लय बनाएको छ।

पहिल्यै सेमिफाइनलमा स्थान पक्का गरिसकेको इङ्ल्यान्डलाई जितेका लागि अन्तिम १७ बलमा ४२ रन चाहिएको थियो। पिच स्पिनरका लागि अनुकूल थियो र रन बनाउन सहज थिएन।

तर रेहान अहमदले लामो सिधा छक्का प्रहार गरे। त्यसपछि विल ज्याक्सले पनि छक्का हाने र थप २ चौका प्रहार गर्दै अफ–स्पिनर ग्लेन फिलिप्सको एक ओभरमा २१ रन जोडे।

१९औं ओभरको अन्तिम बलमा अहमदले मिचेल सान्टनरलाई अर्को छक्का प्रहार गरेपछि अन्तिम ओभरमा ५ रन मात्र आवश्यक रह्यो।

इङ्ल्यान्डले ३ बल बाँकी हुँदै लगातार पाँचौं जित निकाल्यो। १ सय ६० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

ज्याक्स ३२ र अहमद ७ बलमा १९ रन बनाएर नटआउट रहे। दुवैले मिलेर सातौं विकेटका लागि १६ बलमा ४४ रनको साझेदारी गरे।

बलिङतर्फ पनि दुवैले समान २ विकेट लिए। इङ्ल्यान्डले १६ ओभर स्पिन बलिङ गर्दै न्युजिल्यान्डलाई ७ विकेटमा १ सय ५९ रनमा रोकेको थियो। न्युजिल्यान्डका सबै ७ विकेट स्पिनरले लिएका थिए।

अब इङ्ल्यान्डले भारतमा दोस्रो सेमिफाइनल खेल्ने निश्चित जस्तै भएको छ। न्युजिल्यान्ड भने दोस्रो स्थानमा छ।

तर शनिबार श्रीलंकामाथि पाकिस्तानले ठूलो अन्तरले जित निकालेमा न्युजिल्यान्ड सेमिफाइनलबाट बाहिरिन पनि सक्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार