मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आईसीसी टी–२० विश्वकप : वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै आयोजक भारत सेमिफाइनलमा

इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। आयोजक भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता समेत रहेको भारतले सेमिफाइनलको टिकट काटेको हो।

१९६ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि सञ्जु सामसनले उत्कृष्ट पारी खेले। १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको भारतका लागि सामसन ५० बलमा ९७ रनसहित अविजित रहे। उनले १२ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, तिलक वर्माले २७, हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले दुई–दुई तथा अकिल होसेनले एक विकेट लिए।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन जोड्यो।

उसका लागि रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे। यस्तै, कप्तान शाई होपले ३२, शिमरोन हेटमायरले २७ रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक–एक विकेट लिए।

यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। जसअनुसार इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार