श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राप्रपाद्धारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा मंगलबार निवेदन दिएको छ । तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीचको एकीकरण भएपछि मंगलबार राप्रपा दल दर्ताका लागि निवेदन दिएको हो ।

पार्टीको निर्णयअनुसार दीपक बोहरा नेतृत्वको टोलीले मंगलबार दल दर्ताका लागि आयोगमा निवेदन दिएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि मंगलबार नै अध्यक्ष पशुपति शमशेर जबरा अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकीकरण सम्बन्धि आधार पत्र बमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार दल दर्ताका लागि आयोगमा निवेदन दिने र दल दर्ताका लागि सम्पूर्ण काम कारबाही गर्न दीपक बोहरा, राजु बस्नेत, ध्रुवबहादुर प्रधान र रामशरण पाठकलाई अख्तियारी दिने निर्णय गरेको थियो ।

साथै साविक राप्रपाको विधान एकीकृत पार्टीको अन्तरिम विधान हुने सहमति भएको हुँदा तत्कालीन राप्रपा निर्वाचन आयोगमा दर्ताको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन २०७४मा पेश भएको राजनैतिक घोषणालाई एकीकरण पश्चातको राप्रपाको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय मंगलबार बैठकले गरेको छ ।

साथै एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्ने र पार्टीको झण्डा साविक राप्रपाको गाई अंकित रातो, पहेंलो र निलो रंगको झण्डा हुने पनि बैठकले निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । एकीकृत पार्टीको महाधिवेशन आउँदो वैशाख २५देखि २८सम्म काठमाडौंमा गर्ने निर्णय राप्रपाले गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार