काठमाण्डौंः सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ ।
सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा संस्थाको रुपमा एलाईन्स स्थापना भएको हो ।
संस्था दर्ता प्रक्रियामा रहेकाले हाल संस्थाको तदर्थ समिति गठन गरिएको छ । निकट भविष्यमै संस्थाको दर्ता प्रक्रिया सम्पन्न गरी अन्य कामलाई विधिवत रुपमा अघि बढाइने एलाईन्सले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया