मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप क्रिकेट फाइनल : न्यूजिल्याण्डले टस जित्यो

दुवै टोली बलियो भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ फागुन : आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा न्यूजिल्याण्डले टस जितेर पहिला बलिङ रोजेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भर्खरै भएको टसमा न्यूजिल्याण्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै भारतले पहिला ब्याटिङ गर्नेछ ।

भारतको टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्ने छन् भने विकेटकिपरको जिम्मेवारी सञ्जु सैमसनले लिएका छन् । भारतको प्लेइङ–११ मा अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह रहेका छन् ।

न्यूजिल्याण्ड टोलीको विकेटकिपर टिम सेइफर्ट रहेका छन् । न्यूजिल्याण्डको प्लेइङ–११ मा फिन एलेन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर, जेम्स निशाम, म्याट हेनरी, लोकी फग्र्युसन र जेकब डफी रहेका छन् ।

दुवै टोली बलियो भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार