काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
साफ यू–२० च्याम्पियनसिप यसपटक माल्दिभस्मा आयोजना हुँदैछ। बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीले चैत ९ गते उद्घाटन खेलमा भुटान यू-२० राष्ट्रिय फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी नेपालले चैत ११ गते श्रीलंका यू-२० राष्ट्रिय फुटबल टोलीसँग खेल्नेछ भने चैत १३ गते आयोजक माल्दिभ्स यू-२० राष्ट्रिय फुटबल टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रतियोगितामा कुल ७ टोलीको सहभागिता रहनेछ। समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत यू-२० राष्ट्रिय फुटबल टोली, पाकिस्तान यू-२० राष्ट्रिय फुटबल टोली र बंगलादेश यू-२० राष्ट्रिय फुटबल टोली रहेका छन्।
प्रतियोगिता मार्च २३ देखि सुरु भएर अप्रिल ४ मा सम्पन्न हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया