असार २४, २०८२ मंगलबार July 8, 2025

डाक्टरले विष खाएर आत्महत्या गरेको केही छिनमै २ छोरीलाई लिएर आमाले पानी ट्यांकीमा हाम फालिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको हरियाणाको रोहतकमा एक डाक्टरले विष खाएर आत्महत्या गरेपछि डाक्टरकी श्रीमतीले दुई छोरीसहित वाटर ट्यांकमा हाम फालेकी छन ।

जसका कारण आमा र सानी छोरीको मृत्यु भएको छ । जेठी छोरी भने ट्यांकबाट पौडिएर बाहिर निस्किएकी छन । पुलिसका अनुसार डाक्टर प्रमोद सहारण रोहतकको हेल्थ यूनिभर्सिटीमा नर्सिंग कलेजमा प्रोफेसर थिए ।

उनले बुधवार साँझ ६ बजे कन्हेली गाउँमा बिष खाएर आत्महत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनको आत्महत्याको खबर आएपछि उनकी श्रीमतीले दुई छोरीसहित पानी ट्यांकीमा हाम फालेकी हुन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया