काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेमा सजिलै सत्ता नछाड्ने बताएका छन् । आउँदो नोभेम्बरमा राष्ट्रपति पदको हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा उनले चुनाव हारे पनि शान्तपूर्वक सत्ता हस्तान्तरण नगर्ने चेतावनी दिएका हुन् ।
बुधबार ह्वाइट हाउसको एक प्रेस सम्मेलनमा निर्वाचनको सम्भावित नतिजाबारेमा राष्ट्रपति ट्रम्पले भने, ’अब के हुन्छ भनेर हामीले पर्खनु पर्छ।’ उनले यस पटक अमेरिकी चुनावको नतिजा सर्वोच्च अदालतमा पुग्न सक्ने बताएका छन्। उनकाअनुसार यसपटक हुलाकी मतदान हुने भएकाले केहि धाँधली हुन सक्छ।
कोरोनाभाइरसको महामारीका कारण अमेरिकाका धेरैजसो राज्यहरूमा मेलमार्फत मतदान गर्ने पक्षमा छन्। जब ट्रम्पलाई बुधबार यदि डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी जो बाइडेनसँग चुनाब हार्नुभयो वा चुनाबी नतिजा बराबरी आयो भने शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ भनेर प्रश्न गर्दा ट्रम्पले जवाफमा भने, ’यसपाली मलाई मतपत्रमा सन्देह लागेको कुरामा बारम्बार बन्दै आएको छु, यसमा हाम्रै पार्टीका एक नेताले मतपत्रलाई प्रकोपको रूपमा वर्णन गरेका छन् ।’
ट्रम्पको उक्त बयान पश्चात उनको आफ्नै पार्टीका सिनेटका मिट रोम्नेले उनको आलोचना गर्दै सामाजिक संजाल ट्वीटरमा लेखे, ’प्रजातन्त्रको मूल मन्त्र भनेको सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो, यदि यस्तो हुँदैन भने हाम्रो देश बेलारुस जस्तो हुनेछ। संविधानमा दिइएको अधिकार पालना गर्न ट्रम्पको बेवास्ता अकल्पनीय र अस्वीकार्य छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया