असार २४, २०८२ मंगलबार July 8, 2025

कृषि विधेयकको विरोधमा भारतका किसानहरुद्धारा रातभर चक्काजाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कृषि विधेयकको विरोधमा भारतका किसानहरुले भारतभर चक्काजाम गरेका छन् । भारतका दुवै सदनबाट पारित भइसकेका विधेयकको विरोधमा सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ ।

तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो समितिमा किसानहरुका बिभिन्न १२ संगठन सामेल छन् र यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ ।

भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । पन्जाबमा विहीबारदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो ।

किसानहरुको यो आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएका छन् । पन्जाबमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बाहेकका सबै राजनीतिक दलले किसानहरुको आन्दोलनमा समर्थन जनाएका छन् ।

कांग्रेसले त किसानहरुको आन्दोलनमा सहभागी नै हुने घोषणा गरेको छ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पार्टीका लाखौं कार्यकर्ताहरु किसान संगठनको साथमा रहने बताएका छन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया