जेठ ३०, २०८३ शनिबार June 13, 2026

पितृशोकमा रहेका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डुमा

मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिन ओली निवास पुगिन् प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पितृशोकमा रहेका केपी शर्मा ओली लाई भेट्न प्रधानमन्त्री सुशीला कार्की भक्तपुरको गुण्डु पुगेकी छन्। प्रधानमन्त्री कार्कीले ओलीका दिवंगत पिता प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेकी हुन्।

ओलीका पिता मोहनप्रसाद ओली को शुक्रबार ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल मा उपचारका क्रममा निधन भएको थियो।

प्रधानमन्त्री कार्कीले ओली परिवारलाई भेटेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेको बताइएको छ।

दिवंगत मोहनप्रसाद ओलीको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले पनि ओली परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार