काठमाडौंः अमेरिकाले विश्वका लागि समस्या सृजना गरेको चीन आरोप लगाएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा बोल्दै राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले चीनले अमेरिकाले विश्वका लागि समस्या सिर्जना गरेको र त्यो अब हद पार भएको बताएका हुन् ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राप्टले चीनले कोरोना भाइरसको उत्पत्ति र यसको खतरालाई लुकाएको भन्दै आलोचना गरेपछि चिनियाँ राजदूत प्रतिरक्षामा उत्रिएकबा थिए । झाङले सुरक्षा परिषद् बैठकको वातावरण खलबलिने गरी फेरि अमेरिकाको हल्ला सुन्नुपरेको बताए । उनले कोरोना भाइरस संक्रमण सम्बन्धी अमेरिकी आरोपलाई बेइजिङले अस्वीकार गरिसकेको पनि दोहोर्याएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रसंघमा गरेको रेकर्डेड भिडियो सम्बोधनमा चीनले कोरोना भाइरस बारेको जानकारी विश्वलाई लुकाएको आरोप लगाएका थिए । सुरक्षा परिषद् बैठकमा रुसी राजदूतले पनि अमेरिकी आरोपको आलोचना गर्दै चीनको प्रतिरक्षा गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया