मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

स्पेनिस ला लिगामा बार्सिलोनाको गोल वर्षा, सेभिल्ला ५–२ ले पराजित

समान २८ खेलबाट ३१ अंक जोडेको सेभिल्ला तालिकाको १६औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना फुटबल क्लबले सेभिल्ला फुटबल क्लबमाथि शानदार जित निकालेको छ।

आइतबार सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ गोलले पराजित गरेको हो। आइतबार क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गर्दा ड्यानी ओल्मो र जाआओ कान्सेलोले १–१ गोल थपे । सेभियाका लागि ओसो र जिब्रिल सले १–१ गोल फर्काए ।

खेलको नवौं मिनेटमा राफिन्हाको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २१औँ मिनेटमा राफिन्हाले नै टोलीको अग्रता दोब्बर बनाए । यसपटक पनि उनले पेनाल्टी अवसर सदुपयोग गरे ।

0df37703aac9f094f04d95532ae605ffe1b45be5d73ff3c68eca8f37cf6b9cdbओल्मोले गोल गर्दा ३८औँ मिनेटमा बार्सिलोना ३–१ ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा ओसोले सेभियाका लागि पहिलो गोल फर्काए ।

राफिन्हाले ५१औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जारी सिजनको ला लिगामा राफिन्हाको यो पहिलो ह्याट्रिक हो । कान्सेलोले ६०औँ मिनेटमा गोल गर्दा बार्सिलोना ५–१ ले अगाडि बढ्यो ।

यो जितसँगै बार्सिलोनाले २८ खेलबाट ७० अंक पुर्‍याएको छ। बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंकले अगाडि छ। यता समान २८ खेलबाट ३१ अंक जोडेको सेभिल्ला तालिकाको १६औं स्थानमा रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार