बैसाख १७, २०८३ बिहिबार April 30, 2026

इङलिश प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ ले हरायो

एस्टन भिल्लालाई हराउदै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो, माथेउस चुन्हा र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि रोज बार्कलीले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेड लिगमा तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको ३० खेलमा ५४ अंक भएको छ । त्यस्तै एस्टन भिल्लाको ३० खेलमा ५१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया