बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले जित्यो

पाकिस्तान ११ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा पाकिस्तानलाई ११ रनले पराजित गरेर सिरिज जितेको हो ।

बंगलादेशले दिएको २९१ रनको लक्ष्य पछाएको पाकिस्तानले ५० ओभरमा अल आउट हुदै २७९ रन मात्र बनाए पछि खेल ११ रनले हारेको हो ।

पाकिस्तानका लागि सलमान आघाले १०६ रनको शतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन । पाकिस्तानलाई अल आउट गर्ने क्रममा बंगलादेशका बलर ताक्सिन अहमदले ४, मुस्ताफिजुर रहमानले ३ विकेट लिएका थिए भने नहिद रानाले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले तानजिद हसनको १०७ रनको शतकीय पारीको मद्धतमा ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो ।

योसँगै बंगलादेशले सिरिज २-१ ले जितेको छ । बंगलादेशले २०१५ पछि पहिलो पटक पाकिस्तानविरुद्ध एकदिवसीय सिरिज जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार