मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय पुरुष फुटबल टोलीमा नयाँ सहायक प्रशिक्षक नियुक्त

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही १२ चैतमा हुने हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीमा नयाँ सहायक प्रशिक्षकको नियुक्ति गरेको छ । एन्फाले बालगोपाल साहुखल र चेतन घिमिरेलाई सहायक प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।

नवनियुक्त सहायक प्रशिक्षक साहुखल र घिमिरेले मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनालाई प्रशिक्षण र रणनीति निर्माणमा सहयोग गर्नुहुनेछ । हाल उहाँहरू राष्ट्रिय लिगमा पनि सक्रिय हुनुहुन्छ । साहुखल सातदोबाटो युथ क्लबको र घिमिरे नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालिरहनुभएको छ ।

यसैगरी, टोली व्यवस्थापनमा केही महत्वपूर्ण जिम्मेवारीहरू तोकिएका छन् । मदनलाल श्रेष्ठलाई व्यवस्थापक, राजिवकुमार यादवलाई सहायक व्यवस्थापक र पंकज शाहीलाई विश्लेषकको भूमिका दिइएको छ । यी सबैलाई मंगलबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गर्नुभयो ।

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछ । मुख्य प्रशिक्षक एरेनाले उक्त खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास, रोहित चन्द, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, दिवाकर चौधरी, अभिषेक लिम्बू र आदित्य शाक्य रहनुभएको छ ।

यस्तै, अजय चौधरी, विशाल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की, सनिश श्रेष्ठ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बू, मणि लामा, मनिष डाँगी, मिलन राई, ओशेन्द्र कटुवाल, पदम भट्टराई, योगेश गुरुङ, पेम्बादोर्जे लामा, पदमकुमार तामाङ, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबुकुमार साह, प्रदीप बुढाथोकी, रोहन कार्की, रोमन भुजेल, सकल रेग्मी, योगेश धिमाल, सुरज तामाङ, शंकर थारु, सिर्जनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ र युवराज खड्कालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

एन्फाले नयाँ सहायक प्रशिक्षकको नियुक्ति र टोली व्यवस्थापन बलियो बनाउने उद्देश्य राख्दै आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार