मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

च्याम्पियन्स लिग : एजे र राइसको गोलमा आर्सनल क्वाटरफाइनलमा

आर्सनलले वेम्ब्ली रंगशालामा हुने काराबाओ कप फाइनलमा म्यानचेस्टर सिटी सँग भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। इंग्ल्यान्डको क्लब आर्सनलले जर्मनीको बायर लेभरकुसेनमाथि सहज जित निकाल्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

एबेरेची एजे र डेक्लान राइसको गोलमा आर्सनलले लेभरकुसेनलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

क्वाटरफाइनलमा अब आर्सनलले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग प्रतिस्पर्धा गर्नेछ। स्पोर्टिङले यसअघि तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडोरग्लिम्ट लाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो।

यो खेलअघि दुवै टोली समग्र स्कोरमा बराबरीमा थिए। पहिलो लेगमा आर्सनलका काइ हाभर्ट्जले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा टुंग्याएका थिए।

दोस्रो लेगमा भने आर्सेनलले सुरुदेखि नै दबाब सिर्जना गर्‍यो। गाब्रिएलका कर्नरबाट आएका दुई प्रहारमा लेभरकुसेनका गोलरक्षक यानिस ब्लासविचले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखेका थिए।

तर पहिलो गोल रोक्न भने उनले सकेनन्। एबेरेची एजेले पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रण गर्दै घुमेर शक्तिशाली प्रहार गर्दा बल सिधै जालीको माथिल्लो भागमा पुगेको थियो। यो उनको च्याम्पियन्स लिगमा पहिलो गोल समेत बनेको छ।

दोस्रो हाफमा पनि आर्सनलले खेलमाथि नियन्त्रण कायम राख्यो। लेभरकुसेनको क्लियर बललाई पछ्याउँदै डेक्लान राइसले शान्त रूपमा तल्लो कुनामा प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।

खेल जितिसकेपछि प्रशिक्षक मिकेल आर्टेटाले केही मुख्य खेलाडीलाई विश्राम दिने अवसर पाए। आर्सनल अब आइतबार वेम्ब्ली रंगशालामा हुने काराबाओ कप फाइनलमा म्यानचेस्टर सिटी सँग भिड्ने तयारीमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार