मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हिमालयन जाभा नेसनल बास्केटबल लिग : टाइम्स इन्टरनेसनल क्लबको तेस्रो जित

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा जारी लिगमा आठ टोलीले भाग लिएका छन् । 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ४ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा टाइम्स इन्टरनेसनल क्लबले तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्ड हलमा जारी लिगमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ८८–७५ ले हरायो ।

टाइम्सले पहिलो क्वाटरमा २३–१२ र दोस्रो क्वाटरमा २४–१६ को अग्रतासहित हाफ टाइमसम्म ४७–२८ को अग्रता बनाएको थियो ।

त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३–२० र चौथो क्वाटरमा २४–२१ को अग्रता लिएको थियो ।

टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ स्कोर गर्नुभयो । उहाँ म्यान अफ दि म्याच बन्नुभयो । यसअघिको खेलमा आर्मी क्लबले कीर्तिपुरलाई ९२–७८ ले हरायो ।

आर्मीले ३१–२३, २८–१०, २२–१९, ११–२६ को नतिजा निकालेको थियो । आर्मीका निश्चल महर्जनले २२ स्कोर गर्नुभयो । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा जारी लिगमा आठ टोलीले भाग लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार