काठमाडौँ। राजधानीमा आजदेखि सुरुआत भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ ।
ललितपुरस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले समान एक/एक गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फ)को आयोजनामा आजदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया