बैसाख ७, २०८३ सोमबार April 20, 2026

नेप्से परिसूचक ६४ दशमलव ६९ अङ्कले बढ्यो

आज २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि निरन्तर उकालो लागेको हो ।

आज २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर एक लाख ९१ हजार २५१ पटक खरिद बिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मङ्गलबार रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया