असोज २८, २०८३ बुधबार October 14, 2026

हिदी–मालिका सडक आयोजना सुरु

जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ७ चैतः मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ ।

मङ्गला गाउँपालिका र हिदीका बासिन्दाहरूको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने योजना निर्माण सुरु भएको हो ।

मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २१ लाख बजेटबाट थालिएको हिदी–मालिका सडक निर्माण योजनालाई गाउँलेहरूले चन्दा सङ्कलन गरेर निरन्तरता दिएका छन् । हिदी–मालिका सडक योजनाको उपभोक्ता समितिका अध्यक्ष थमप्रसाद पुनले गाउँपालिकाको बजेटबाट हिदीदेखि सुर्ती चढाउने डाँडासम्म दुई किलोमिटर ५०० मिटर सडकको मार्ग खुलिसकेको जानकारी दिनुभयो ।

“गाउँपालिकाले विनियोजन गरेको बजेट सकिए पनि गाउँलेहरूले चन्दा उठाएर सुर्ती चढाउने डाँडादेखि गिद्रे देउरालीतर्फ सडक निर्माणलाई निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “सुर्ती चढाउने डाँडादेखि धौलाखर्कसम्म थप एक किलोमिटर सडकको मार्ग खुलेको छ । थप ५०० मिटर मार्ग बनाएपछि गिद्रे देउरालीसम्म सडक पुग्छ ।”

रु १८ लाख सङ्कलन गरेर जोगी देउरालीसम्म सडक पुर्‍याउने हिदीवासीको योजना छ । अध्यक्ष पुनका अनुसार पहिलो चरणमा गिद्रे देउराली जोड्ने सडकका लागि रु छ लाख चन्दा सहयोग जुटेको छ । सुर्ती चढाउने डाँडादेखि गिद्रे देउराली पहिलो खण्ड र गिद्रे देउरालीदेखि जोगी देउरालीलाई दोस्रो खण्ड मानेर सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ ।

हिदीका बासिन्दा, पेसा, व्यवसाय र रोजगारीको सिलसिलामा प्रवास तथा देशका विभिन्न ठाउँमा रहेकाहरूबाट चन्दा सङ्कलन अभियान सञ्चालन भएको अध्यक्ष पुनले बताउनुभयो । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सकिने बताइएको छ ।

पैदलयात्रा गरेर हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको छ । यातायातको सुविधा भएमा यात्रा अवधि दुई घण्टामा छोटिने र यो सडक बेनीदेखि मालिका जोड्ने सबैभन्दा छोटो दूरीको हुने हिदीवासीको दाबी छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट र रघुगङ्गा गाउँपालिकाको ठाडाखानी हुँदै मालिकाको फेदीसम्म दुईतर्फबाट सडक पुगिसकेको छ । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमालहरूका साथै सूर्योदय, सुर्यास्त, पहाडी भूगोल र वन जङ्गलको अवलोकन गन सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार
आजको मौसम : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस
२०८३ असोज २८, बुधबार
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
२०८३ असोज २८, बुधबार
सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा
२०८३ असोज २८, बुधबार
चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
२०८३ असोज २८, बुधबार
देशभरका अदालतमा १३२ न्यायाधीशको दरबन्दी थप्ने तयारी
२०८३ असोज २८, बुधबार