बैसाख ७, २०८३ सोमबार April 20, 2026

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ८  गते ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया