श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रदेश २ मा पार्टी एकताको काम निर्धारित समयभित्र टुंगाउन नेकपाभित्र गृहकार्य सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सबैभन्दा जटिल विवाद रहेको प्रदेश २ मा पार्टी एकताको काम निर्धारित समयभित्र टुंगाउन नेकपाभित्र गृहकार्य सुरु भएको छ । उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागले प्रदेश २ का विभिन्न जिल्लामा देखिएका विवाद समाधान प्रयास थालेको हो ।

जिल्ला कमिटीलाई पूर्णता, शपथग्रहण र नेताहरुबीच अन्तरद्वन्द्धजस्ता समस्या हल गर्न विभागले सरोकारवाला नेताहरुसँग छलफल गरेर ठोस प्रस्तावको तयारी गरेको छ । असोज ५ मा संगठन विभागले प्रदेशका नेताहरुसँग समस्या समाधानबारे परामर्श लिएको थियो ।

नेकपाको मंगलबारको सचिवालय बैठकले १० दिनभित्र एकता टुंगाउने गरी प्रस्ताव तयार पार्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेललाई जिम्मा दिएको छ । एकताका विषयमा ओली र दाहालबीच बिहीबार पनि छलफल भएको छ ।

प्रदेश २ मा सबैभन्दा ठूलो समस्या जिल्ला कमिटीलाई पूर्णता दिन नसक्नु हो । १० दिनको समयभित्र सबैभन्दा जटिल मानिएको प्रदेश २ का जिल्लाहरुको विवाद टुंगाउने संगठन विभागको कसरत छ ।

संगठन विभाग सदस्य मातृका यादवले विवाद हल गर्ने गरी काम भइरहेको बताए । ‘संगठन विभाग प्रमुख र उपप्रमुखले असोज ५ मा प्रदेश २ कमिटीका पदाधिकारीसहित हामी ८ जनालाई बोलाएर सबैका कुरा सुन्नु भयो । त्यसकै आधारमा एउटा प्रस्ताव तयार गर्ने र छिट्टै संगठन विभागको बैठक बस्ने तयारी भएको छ,’ यादवले भने, ‘विभागको बैठकमा छलफलपछि उक्त प्रस्ताव सचिवालयमा पठाउने भन्ने भएको छ । अहिले विवाद हल गर्ने गरी नै पहल भएको छ ।’

नेकपा प्रदेश २ कमिटीका इन्चार्ज एवं संगठन विभाग सदस्य सत्यनारायण मण्डलले पनि छिट्टै विवाद हल हुने बताए । प्रदेशको विवादको असर माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा देखिएको थियो । बैठकमै नेता रघुवीर महासेठ र रामचन्द्र झाबीच भनाभन नै भएको थियो । झाले विधानविपरीत रहेकाले स्थायी कमिटी सदस्यबाट महासेठलाई हटाउनुपर्ने माग राखेका थिए । पार्टी निर्णयलाई चुनौती दिएको भन्दै महासेठले आपत्ति जनाएका थिए ।

जिल्ला कमिटीमा रहने सदस्यको मापदण्ड र नामलाई लिएर उत्पन्न विवादकै कारण धनुषा, महोत्तरी, रौतहट, सप्तरी र सिराहामा जिल्ला कमिटीले पूर्णता पाउन सकेका छैना् । अध्यक्षद्वय ओली र दाहालको हस्ताक्षरमा ०७६ वैशाख ९ मा जारी विशेष परिपत्र–४ मा जिल्ला कमिटी गठनको आधार तय थियो ।

केन्द्र जिल्ला कमिटीहरू गठन गर्दा तत्कालीन दुई पार्टीका निवार्चित व्यक्तिहरूलाई प्राथमिकता दिने र निवार्चित सबै कमिटीमा नपर्ने अवस्थामा वरिष्ठतालाई प्राथमिकता दिने परिपत्रमा छ ।

तर मुख्यतः रौतहट, महोत्तरी, धनुषा जिल्लामा विगतमा निवार्चित भएकालाई नै नसमेटी वरिष्ठता क्रमसमेत मिचेर ‘जुनियर’लाई छनोट गरिएको असन्तुष्ट समूहको दाबी छ । परिपत्रअनुसार जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिम सदस्य संख्या रहने भन्ने छ ।

धनुषामा तत्कालीन माओवादीको ७५ सदस्यीय जिल्ला कमिटी र तत्कालीन एमालेका ७५ जनाको जिल्ला कमिटी थियो । तर नेकपा जिल्ला कमिटी बनाउँदा माओवादी सङ्गठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ व्यक्ति राखेको भन्दै विवाद भएको थियो । यस्तै विवाद त्यहाँका ८ मध्ये अरु चार जिल्लामा पनि छ ।

उनीहरूलाई सदस्य राख्ने अगुवाइ प्रदेश इन्चार्ज मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले गरेको असन्तुष्ट पक्षको भनाइ छ । असन्तुष्ट समूहको नेतृत्व प्रदेश कमिटी सहइन्चार्ज नागेन्द्र चौधरी, महेन्द्र पासवान, केन्द्रीय सदस्य रामचन्द्र झालगायतले गरेका छन् ।

तत्कालीन माओवादीको जिल्ला तहमा संगठन नभएकाले वरिष्ठता र सक्षमताका आधारमा सदस्य चयन गर्न केन्द्रीय नेतृत्वको विशेष निर्देशन थियो । माओवादीका पनि केही सिनियर नेता जिल्ला कमिटीमा नपरेपछि दाहाल निकट नेताहरु पनि तीन समूहमा विभाजित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार