असोज २८, २०८३ बुधबार October 14, 2026

‘बर्ड फ्लु’ भेटिएपछि मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध

मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा। दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ ।

नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । दमकमा पशु विकास अधिकृत विपु अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ ।

सोमबार विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शङ्कास्पद कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने जनाइएको छ । दमक नगरपालिका–१० मा ठूलासाना गरी करिब २५ कुखुरा फार्म रहेका दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । साथै मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने रोग भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ । दमक–१० स्थित वडा कार्यालय नजिकै रहेको यो फर्ममा करिब १३ हजार कुखुरा रहेको र सो फर्मको अनुगमनपछि विराटनगरवाट आउने टोलीको सल्लाहअनुसार अघि बढ्ने तयारी गरिएको नगरप्रमुख थापाले राससलाई जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवादित अडियोले तानिए सांसद खगेन्द्र सुनार, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
२०८३ असोज २८, बुधबार
गगनसामु अवसरसँगै चुनौतीका चाङ : धर्मेन्द्र झा
२०८३ असोज २८, बुधबार
आजको मौसम : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस
२०८३ असोज २८, बुधबार
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
२०८३ असोज २८, बुधबार
सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा
२०८३ असोज २८, बुधबार
चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
२०८३ असोज २८, बुधबार
देशभरका अदालतमा १३२ न्यायाधीशको दरबन्दी थप्ने तयारी
२०८३ असोज २८, बुधबार