श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेप्से परिसूचक २३ अंकले बढ्यो

सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ। आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ।

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा रु १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६७, विकास बैंक एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ।

सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको रु ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिद–बिक्री भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर शेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार