असार २३, २०८२ सोमबार July 7, 2025

लकडाउन अवधीको घरभाडा छुट गर्न राष्ट्रिय विद्यार्थी संघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लकडाउन अवधीको शिक्षण शुल्क तथा घरभाडा मिनाहा गर्न माग गर्दै राष्ट्रिय विद्यार्थी संघ जिल्ला कार्यसमिति धनुषाले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड-१९) संक्रमणको जोखिम क मगर्नका लागि देश लकडाउनमा भएका बेला मौका छोप्दै स्कुल तथा क्याम्पसहरुले विद्यार्थीहरुबाट जथाभावि भाडा पेंसा असुल्ने खल शुरु भएको भन्दै यसप्रति ध्यानाकर्षण गर्न भनिएको छ ।

साथै लकडाउनका बेलाको विद्यार्थीहरुको घरभाडामा छुटको ब्यबस्था मिलाउन आग्रह गरिएको छ । विश्व नै संकटमा रहेका बेला घरभाडाका निम्ती घरपेटीहरुले विद्यार्थीहरुलाइ थप आतंकित बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया