असार २२, २०८२ आइतबार July 6, 2025

चार दिनसम्म पनि उठेन सम्झनाको शव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बझाङको मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्।

उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।

सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा ९बज्यै०सँगै बसेर दिउँसोको खाना खाए।

यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिरमा लगेर उनको बलात्कार पछि हत्या भयो।

उनको हत्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले शव बुझ्न मानेका छैनन्। सम्झनाको शव चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरिएको भए पनि हत्यारा पत्ता नलगाएर कारबाही नहुँदासम्म शव नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन्।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र बलात्कारपछि धारीलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार