बैसाख ७, २०८३ सोमबार April 20, 2026

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्हीनन्दन। पाल्हीनन्दनको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन ।

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताउनुभयो ।

चालु आवको साउनमा रु एक करोड ६४ हजार ५९७, भदौमा रु एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा रु एक करोड ९१ लाख ९५३, कात्तिकमा रु ८७ लाख २५ हजार २९७, पुसमा रु एक करोड २३ लाख ९८ हजार ६३६ र फागुनमा रु एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व असुली भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी मङ्सिर महिनामा रु एक करोड ८३ लाख ३२ हजार ६८३, माघमा रु एक करोड ६९ लाख ३० हजार १४१ अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया