श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुरामको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबूराम भट्टराइले बलात्कारीलाई मृत्युदण्डको सजाँय दिन प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराइले यस्तो प्रस्ताव गरेका हुन् ।

कञ्चनपुरकी निर्मला पन्त र बझाङकी बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाका सन्दर्भमा लेख्दै उनले जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएकोले बलात्कारीलाई मृत्युदण्डको सजाँय दिने कानुन ल्याउन प्रस्ताव गरेका हुन् ।

उनले लेखेका छन्, ‘राजतन्त्रकालका नमिता-सुनितादेखि गणतन्त्रकालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसक्यो ।’ अपराधी नपक्रने-मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारबाही जरुरी रहेको भन्दै उनले भनेका छन्, ‘अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गरौँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार