असार २४, २०८२ मंगलबार July 8, 2025

यमनी सरकार र हुथी विद्रोहीबीच १ हजार ८१ बन्दी आदान प्रदान गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन् ।

ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।

सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदान प्रदानको सहमति भएको बताइएको छ । सहमतिमा ३८१ यमनी सैनिक, १५ साउदी नागरिक र चार सुडानी नागरिकलाई रिहा हुथी समूहले गर्नेछ भने ६८१ विद्राहीलाई सरकारले रिहा गर्नेछ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले रिहा भएका कैदीहरू उनीहरूको परिवारसम्म नपुग्दासम्म अनुगमन गर्ने बताइएको छ । आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजिओ कार्बोनीले परिवारबाट वर्षौदेखि छुट्टिएर रहेका कैदीमा सकारात्मक सन्देश छोड्ने भनी सम्झौताको प्रशंसा गरेका छन् ।

यमनमा द्वन्द्वरत दुई पक्षले करिब १५ हजार व्यक्तिलाई बन्दीका रूपमा राख्दै आएका छन् ।-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार