काठमाण्डाैंः यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।
शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो । राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले ।
४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे ।
बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले शतकीय पारी खेले । ५० बल खेलका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाए ।
त्यस्तै केएल राहुलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए । त्यस्तै विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै राजस्थानले आईपीएलमा आफूलाई बलियो सावित गरेको छ । दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ । यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया