कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कालीकोटमा एसईईको उत्तरपुस्तिका परीक्षणको काम सुरु

परीक्षाको पहिलो दिनबाटै १६ वटा परीक्षा केन्द्रका परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कालीकोट, चैत २० गते । कालीकोट जिल्लामा एसईईको उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाका २० परीक्षा केन्द्रमध्ये १६ वटामा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो ।

केही परीक्षा केन्द्रमा विषयगत शिक्षक घर बिदामा भएकाले परीक्षणको काम सुरु नभए पनि अन्य केन्द्रमा भने परीक्षाको पहिलो दिनबाटै परीक्षण सुरु भइसकेको छ ।

कालीकोट जिल्लामा यस वर्ष तीन हजार ७५९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । एक हजार ८४४ जना छात्र र एक हजार ९१५ जना छात्रागरी जम्मा तीन हजार ७५९ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

यस वर्षको परीक्षामा छात्रभन्दा छात्रा बढी छन् । छात्रभन्दा ७१ जना छात्रा बढी रहेको शिक्षा बिकास तथा समन्वय एकाइ कालीकोटले जनाएको छ । एकाइ प्रमुख हस्तप्रसाद चौलागाईले गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या टोटलमा भने घटेको बताउनुभयो ।

गत वर्ष चार हजार १३१ जनाले परीक्षा दिएका थिए । यस वर्ष ग्रेटवृद्धिका लागि ६७९ जना परीक्षामा सहभागी छन् । विद्यार्थी घट्नुमा जन्मान्तर हुनु, जिल्ला बाहिर पढ्न जानु लगायतका कारण रहेको एकाइ प्रमुख चौलागाईले बताउनुभयो ।

पञ्चदेव माध्यमिक विद्यालयको केन्द्राध्यक्ष हरिबहादुर शाहीले परीक्षाको गरिमा विस्तारै बढिरहेको बताउनुभयो । केही बर्ष पहिला परीक्षामा भिडभाड हुने गरे पनि पछिल्ला वर्षमा अभिभावकले परीक्षाको महत्त्व बुझेका कारणले पुरानै अर्थात २०६२ सालभन्दा पहिलाकै लयमा शान्त र मर्यादित हुन थालेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया